• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने (रिपाेर्ट सहित)
प्रकाशित मिति: आइतबार, पौष १, २०७५

दमक । हिमशिखर टेलिभिजनले खुल्ला नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । हिमशिखर मिडिया प्रा.लि.को आयोजनामा यही पौष २ गतेदेखि खुल्ला राष्ट्रव्यापी सिंगल, डबल र ग्रुप नृत्य प्रतियोगिता २०७५ को अडिसन सुरु हुने भएको छ ।

हिमशिखर डान्स आइडल सिजन २ नाम दिईएको कार्यक्रम बारे टेलिभिजनले पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी गराएको हाे । कार्यक्रमका निर्देशक श्रीगणेश शर्माका अनुसार अडिसनका कार्यक्रम पौष २ गते देखि पौष २९ गतेसम्म हुनेछन् ।

पौष २ गते सोमवार बृटिस गोर्खा सामुदायिक भवन धरानमा पहिलो अडिसन हुँदैछ भने क्रमशः पौष ५ गते विहिवार किरात राई यायोक्खा भवन, इटहरीमा, पौष ७ गते शनिवार मारवाडी सेवा सदन विराटनगरमा, पौष ९ गते सोमवार इन्द्रपुर जेसिज, विराटचोकमा, पौष ११ गते बुधवार अग्रसेन भवन विर्तामोड, पौष १५ गते आइतवार होटल ग्रिन भ्यु इलाम र पौष २९ गते आइतवार, मारवाडी सेवा समितिको भवन दमकमा अडिसन हुदैछ ।

अडिसनका प्रतिष्पर्धीले आफू जहाँ भएपनि पायक पर्ने जुनसुकै स्थानबाट अडिसन फारम भर्न र निवेदन दिन सक्ने प्रावधान छ । आइडलका विजेतालाई प्रथम पुरस्कार स्वरुप ३ लाख र  दोस्रो पुरस्कार  १ लाख रुपैयाँ प्रदान गरिने हिमशिखर मिडिया प्रा.लि दमकका अध्यक्ष ध्रुब न्यौपानेले जानकारी दिनुभएको छ । 

 

Comments