• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
माेरङकाे केराबारीमा स्थानीयकै लगानीमा सामुदायीक सर्पदंश उपचार सेवा केन्द्र निर्माण सुरु (रिपाेर्ट)
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५

माेरङ केराबारी । विषालु सर्पको डसाईबाट अकालमा नै ज्यान गुमानुपर्ने जोखिम बढेपछि केराबारी गाउपालिका वडा नं. ६ कालापानीका स्थानीवासीहरुको आफनै सक्रियतामा सामुदायिक सर्पदंश उपचार केन्द्रको निर्माण कार्य शुरु भएको छ ।

साविकको याङशिला गाविस र हाल केराबारी गाउपालिका वडा नं ६ मा सर्पको विगविगी बढेपछि सर्पदंश उपचार केन्द्रको निर्माण शुरुगरिएको हो । 

स्थानीय प्रकाश श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय निर्माण समिति गठन गरेर दुई महिना अगाडिदेखि केन्द्रको भवन निर्माण शुरु भएको हो । नेपाली सेनाको कालीशक्ति गण याङ्गसिलाको पहलमा केरावारी गाउपालिका, वडा कार्यालय र स्थानीयको सक्रियतामा ८ कोठे एकतले भवन निर्माण कार्य शुरु गरिएको जनाइएको छ ।

करिब ५७ लाखको लागतमा भवन निमार्णाधिन अवस्थामा रहेको छ । यसक्षेत्रका सर्वसाधारणहरुलाई सर्पले डसिहालेमा इटहरी स्थित पूर्वी पृतना मुख्यालय यात धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुरयाउनु पर्ने बाध्यता रहेको छ । भरपर्दो सडक नहुदा कतिपय सर्पदंशका विरामीहरुको उपचारकालागि लैजाने क्रममा बाटोमानै मृत्युहुने गरेको स्थानीय मेघराज रखल मगरले बताउनुभयो । 

केन्द्रको भवन निर्माणकालागि गाउ पालिकाको ५ लाख, गाउपालिकाका प्रमुखबाट ५१ हजार, स्थानीय शारदा ढकालबाट २५ हजार आर्थिक सहयोग प्राप्त भएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले बताउनुभयो । गाउमा सर्पका जोखिम बढेपछि कालीशक्ति गण, स्थानीय बासिन्दा, गाउपालिका र वडा कार्यालयको संयुक्त पहलमा निर्माण थालनी गरेको उहाले बताउनु भयो ।

१५ धुर क्षेत्रफल जग्गामा निर्माण हुन लागेको सो उपचार केन्द्र बनेपछि भने केराबारी गाउपालिकाको २, ४, ७, ८, ९ , १० र धरान उपमहानगरपालिकाका वडा नंं. ६ का सर्वसाधारणहरु लाई पत्यक्ष फाईदा पुग्ने केराबारी गाउपालिका वडा नंं ६ वडा अध्यक्ष उपेन्द्र लुंगेली मगरले बताउनुभयो ।

भौगोलिक रुपमा समेत विकट यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर निर्माण शुरु गरिएको केराबारी गाउपालिकाका प्राविधिक टीका राई बताउनुहुन्छ । 

यो क्षेत्रमा गोमन, करेट, धामन लगायतका विषालु सर्प प्रशस्त पाईने गरेको स्थानीयको भनाई छ । यस क्षेत्रमा प्रत्येक वर्ष लगभग ५ जनासम्मलाई सर्पले डस्नेगरेको स्थानीयवासीहरुको भनाई रहेको छ ।  

Comments