• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
पूर्वमा सवारी चेकजाँचमा एकै दिनमा ७ सय ७४ सवारी साधन कारबाहीमा
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५

ईटहरी १८ मंसिर । ट्राफिक प्रहरीले पूर्वका विभिन्न स्थानमा गरेको सवारी चेकजाँचका क्रममा एक दिनमा ७ सय ७४ वटा सवारी साधनलाई कारबाही गरेको छ । 

१ नम्बर ट्राफिक प्रहरी कार्यालयको आफना मातहातका कार्यालयहरुले समेत गरेको चेकजाँचका क्रममा सो संख्याका सवरी नियम उलंघन गरि संचालनमा आएका विभिन्न सवारी साधनहरुलाई कारवाही गरेको हो ।

प्रहरीले हिजो विहान ६ बजे देखि आज विहान ६ बजेको समय सम्मगरेको चेकजाँचमा ति सवारीहरु कारवाहीमा परेका हुन ।

जसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने  ४१ जना, मोटरसाईकलमा ३ जना सवार १४  जना,  विना हेल्मेट मोटरसाईकल चलाउने २७ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८१ जना, सवारी चालक अनुमति पत्र नभएका ४६ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिने २८ जना, जथाभावी पार्किङ्ग गर्ने २३ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ६१ जना रहेका छन ।

यसैगरि निषेधीत क्षेत्रमा सवारी साधन पार्किङ्ग गर्ने १५ जना, सुरक्षा पेटी नबाधेका २२ जना, हेल्मेटको फित्ता नबाधेको २ जना, कागज पत्र साथमा नराखेको १ सय ९२ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको १८ जना, हर्न निषेधमा हर्न बजाएको २ जना, तिब्रगतिमा सवारी चाधन संचालन गरेको ६ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २४ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गरेको ४८ जना र लापरवाही साथ सवारी साधन चलाउने १ सय १४ जना, विना रुट परमिट सवारी साधन चलाएको ५ जना, सवारी साधनको वाईफटको अवस्था ठिक नभएको ५ जना गरी जम्मा  ७ सय ७४ जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन ।

Comments