• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
बिजनेस
अदुवाकाे मुल्यमा बृद्धी
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५

 तेर्हथुम । विगतका वर्षहरु भन्दा यो वर्ष नगदेबाली अदुवाले राम्रो मुल्य पाएको छ । अदुवाले राम्रो मुल्य पाएपछि पुर्वी नेपालका अदुवा किसानहरु हर्षित भएका छन् । 

अदुवाको मुल्यवृद्धिले पुर्वका तेह्रथुमसहित धनकुटा, संखुवासभा, इलाम, पाँचथर लगायतका जिल्लाका किसानहरु हर्षित भएका हुन् । गतवर्ष मुल्य नपाएपछि खेती घटाएका किसानलाई यो वर्ष मुल्यवृद्धि भएपछि पुनः अदुवा खेतीले ध्यान तानेको छ ।

अहिले किसानको बारीबाटै धमाधम व्यापरीले अदुवा उठाइरहेका छन् । गतबर्ष १०–१५ रुपैया प्रति केजीले कारोबार भएको अदुवा यो वर्ष प्रति केजी ४० देखी ५० रुपैयाँमा किनबेच भइरहेको व्यापारी दुर्गा भण्डारीले बताउनुभयो ।

यही बर्ष अदुवा खेतीको क्षेत्रफल घटाएको तर यसै बर्ष अदुवाको मुल्य बढेको कारणले आफुहरुलाई खुसीसँगै मर्का परेको फेदाप गाँउपालिका–१ का किसान जयप्रसाद रिजालले बताउनुभयो । नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत हो  । तेस्रो मुलुकतर्फ निकासीका लागि सरकारी पहल नहुँदा मुल्यमा उतार चढाव भइरहेको र समस्या आएको व्यापारी बताउँछन् । तेह्रथुम जिल्लामा मात्रै १ हजार ६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती हुँदै आएको छ । 

Comments