• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
बिजनेस
मादलकाे प्रयाेग हराउदै, नेपाली माैलीक संस्कृती हराउने चिन्ता (रिपाेर्ट सहित)
प्रकाशित मिति: मंगलबार, कार्तिक २०, २०७५

दमक । नेपालीहरुको दोस्रो ठुलाे चाड तिहार भित्रिसकेको छ । देउसी भैलो, फुल बत्ती र सेल रोटीको पहिचान संग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परा संग जोडिएको तिहारमा अहिले त्यो मौलिकता भने हराउदै गएको छ ।

तिहारमा विशेष गरेर पहिले पहिले देउसी भैलो खेल्नकालागि नेपाली मौलिक बाजा मादलको प्रयोग गरिन्थ्यो । तिहारलाई दक्षित गरी बनाइएका मादलहरुको त्यो समयमा निकै राम्रो व्यापार हुने गर्दथ्यो । तर पछिल्ला दिनमा आएर यो चाँड मनाउने शैलिमा पनि फेरबदल आइसकेको छ ।

जसका कारण तिहार हरेका नेपालीका घर घर भित्रिसक्दा समेत यो वर्ष भने सुनसरीको धरानमा मादलको व्यपार ह्वात्तै घटेको छ । तिहारलाई दक्षित गरि मादलको व्यपार गर्ने याहाँका मादल व्यावसायि निकै निराश देखिएका छन । नेपालको मौलिक संस्कृति भित्रको मादललाई हरेक अवसरमा अग्रभागमा लिने गरिन्छ ।

पछिल्ला दिनहरुमा बदलिदो सांगितीक माहुोल संगै युवापुस्ताहरुमा विदेशी र पश्चिमा संस्कृतीको छाप पर्दै जादा नेपाली मौलिक परम्पराका बाध्यबादन प्रतिको मोहनै मर्दै गएको छ ।

बढ्दो आधुनिकता संगै इन्टनरनेटको सुविधा सर्वसुलभ हुदै जाँदा नेपाली मौलिक परम्पराका लोक संस्कृतिहरु लोपन्मुख हुदै गएका छन । बडदो आधुनिकताले विकशित गितसंगितहरु प्रति युवापूस्ताको झुकाब बढ्दै गएको छ ।

केहि वर्ष अघिसम्म पनि तिहार शुरुभएसंगै गाँउ, घर तिर जताततै मादलले गुन्जयमान बनाउने गर्दथ्यो । अनि तेहि मादलको तालमा बाल, बृद्ध तथा युवा तन्नेरीहरुपनि देउसी, भैलो र तिहारका गित गाएर रमाउने गर्दथे ।

अहिले मादल बनाउने सिप समेत हराउदै गएको छ । बजारमा मादल खासै माग हुन छोडेको छ । यो संगै मादल बनाउनकालागि आवश्यक पर्ने कच्चा पदार्थ काठ, छाला, खरी जस्ता सामाग्रीहरुको पनि अभाब हुदै गएको छ । जसकाकारण मादल बनाएर विक्रि गर्ने व्यवासाय पनि घटेको छ । 

मानव जिवनकालागि मनोरञ्जन पनि नितान्त आवश्यक कुरा हो । तर मनोरञ्जनका नाममा आफनो मौलिक परम्पराका संस्कार, संस्कृती र रिती रिवाजहरुलाई बिर्सदै जानु दुःखको कुराहो । विशेष गरेर मौलिक परम्परासंग जोडिएका चाड पर्वहरुलाई जिवन्त राख्दै भावि पुस्तासम्म पूरयाउनु सबैको दायित्व हो । 

Comments