• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
नेकपाका सांसद रामवीर मानन्धरद्धारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा
प्रकाशित मिति: मंगलबार, आश्विन २३, २०७५

काठमाण्डौ   नेकपाका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दे मानन्धरले आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिइसकेको र राजीनामा पार्टीले स्वीकृत गरेपछि संसद सचिवालयमा बुझाईने बताउनुभयो । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा मानन्धर काठमाडौं ७ बाट विजयी हुनुभएको थियो ।

पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा गरेपछि मानन्धरले राजीनामा दिनुभएको हो । उहाले बामदेव गौतम पुराना नेता भएको भन्दै पार्टी एकता गर्न भूमिका खेलेको नेता समेत भएकाले सांसदमा आउनु राम्रो हुने धारणा राख्नुभयो ।

अहिले राजनीतिक स्थायित्व चाहिएको भन्दै उहाले त्यसका लागी आधार चाहिने र आवश्यक मान्छेको खोजि हुनु स्वभाविक भएको टिप्पणी गर्नुभयो । उहाले राजीनामाका लागी आफुले कुनै सर्त नराखेको तर्क गर्दे पार्टीले जुन जिम्मेवारी दिएपनि स्वीकार गर्ने धारणा राख्नुभयो। 

मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ । गौतमले केही महिनायता आफूलाई सांसद बनाउन सचिवालय बैठकमा निरन्तर छलफल गराईरहनुभएको थियो । 

Comments