• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
अन्तर्राष्ट्रिय
भारतको राजस्थानमा २२ जनामा जीका भाइरसको संक्रमण फेला
प्रकाशित मिति: मंगलबार, आश्विन २३, २०७५

 भारत  भारतको राजस्थान राज्यको जयपुरमा २२ जनामा जीका भाइरसको संक्रमण फेला परेको छ ।

भारतको प्रधानमन्त्री कार्यालयले जीका भाइरसको संक्रमण फेरि फैलिन थालेको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य मन्त्रालयसँग यस सम्बन्धी विस्तृत प्रतिवेदन मागेको जनाइएको छ ।

जयपुरमा जीका भाइरसबाट संक्रमितमध्ये एक जना बिहार राज्य निवासी रहेको बताइएको छ । उनी हालैमात्र बिहारबाट जयपुर पुगेका थिए ।

अधिकारीहरुले यो रोगको संक्रमण बिहारमा पनि फैलिएको हुन सक्ने आशंका गरेका छन् । बिहार सरकारले राज्यका सबै जिल्लामा सतर्कता अपनाउन निर्देशन दिएको छ । जीका भाइरसका कारण केही वर्षअघि विभिन्न मुलुकमा कयौं नागरिक प्रभावित भएका थिए ।

भारतमा भने सन् २०१७ मा पहिलोपटक यो संक्रमण देखिएको थियो । गर्भवती महिलामा यो भाइरसको संक्रमण अधिक खतरनाक मानिन्छ । यस्ता संक्रमित महिलाबाट जन्मिएको शिशुको शारीरिक विकासमा असर गर्दछ । 

Comments