• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
राजधानी र नामको विषयमा जथाभावि नलेख्न संचारकर्मीहरुलाई मुख्यमन्त्री राईकाे आग्रह
प्रकाशित मिति: मंगलबार, आश्विन २३, २०७५

बिराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषयमा जथाभावि नलेख्न संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ । 

उहाँले सके सरकारले गरेको कामको सकारात्मक कलम चलाउन र नसके स्तरहिन टिकाटिप्पणी नगर्न पनि संचारकर्मीलाई आग्रह गर्नुभयो ।

वर्षे अधिवेशनको अन्त्यका लागि १ नम्बर प्रदेशसभा संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ९३ जना सांसदहरु प्रदेशसभाको राजधानी र नामाकरण गर्न अख्तियार प्राप्त भएको भन्दै स्थायी राजधानी र नामको विषयमा कसैलाई पनि पजनी गर्ने अधिकार नभएको बताउनुभयो । 

मुख्यमन्त्री राईले प्रदेशसभाको यही अधिवेशनबाट आफूहरुले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने तयारी गरेको भएपनि सभामुख र दलहरुसँगको छलफल पछि यो विषयलाई रोकिएको बताउनु भयो । उहाँले सकेसम्म उच्चतम सहमतिको आधारमा प्रदेशसभाको तेस्रो अधिवेशनबाट नाम र राजधानीको टुंगो लगाउने पनि बताउनु भयो । 

प्रदेशको नाम र राजधानी आगामी अधिबेसनको सुरुमै टुङ्ग्ग्याउने उहाको भनाइ थियो । संबिधानसभाले बिगतमा लामो समयसम्म पनि टुङ्ग्ग्याउन नसकेको बिषय प्रदेश सरकारले ९ महिनामै कसरी टुङ्ग्ग्याउन सक्छ भनि प्रश्न गर्नु समेत गर्नुभयो । 

Comments