• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
दशै तिहारमा घर फर्कनेको भिड, सिमामा हुने ज्यादती रोकिएन
डिल्लीराज पन्त प्रकाशित मिति: आइतबार, आश्विन २१, २०७५

असोज २१ कञ्चनपुर । असोज २१ चाडवाड नजिकिए संगै भारतमा रोजगारी गर्न गएका नेपालीहरु अहिले विभिन्न नाका भएर घर फर्किरहेका छन ।यसरी विभिन्न समयमा भारत गएका हजारौे नेपालीहरु घर फर्कने क्रममा सिमाक्षेत्रमा भिडनै लागेको छ ।

हिन्दु नेपालीहरुको महान चाड दशै–तिहार नजिकीए संगै विभिन्न समयमा भरतीय शहरमा रोजगारी गर्न गएका नेपालीहरु अहिले  कञ्चनपुरको गड्डाचौकीनाका र कैलालीको गौरीफन्टानाका भएर घर फर्किरहेका छन ।

गौरीफन्टा र कञ्चनपुर भएर रोजगारी गर्न जानेहरुमा मध्यपश्चिम र सुदर पश्चिमका दाङ, दैलेख, रोल्पा,सुर्खेत जाजरकोट, दार्चुला, बैतडि, बझाङ, अछाम लगायत जिल्लाका बढि छन । उनीहरु मजदुरीकालागी भारतको राजधानी दिल्ली, गढ्वाल,सिमला, चण्डिगढ, जम्मु–कश्मिर लगायतका स्थानमा जाने गरेका छन ।

त्यसरी जाने मध्ये दैनीक हजारौको संख्यामा नेपालीहरु अहिले पश्चिम नेपालका प्रमुख नाकाका रुपमा रहेका रुपेडिया, गौरीफन्टा, कञ्चनपुर लगायतका नाका बाट दैनीक ३ हजार देखि ३५ सयको संख्यामा घर फर्कीरहेका र यात्रुहरुको सहजताका लागी प्रहरी , यातायात व्यवसायी तथा होटेल व्यवसायि संग सहकार्य गरी कञ्चनपुर उद्योगवाणिज्य संघ तत्परताका साथ लागी परेका उद्योग वाणिज्य संघ कञ्चनपुरका सचिव मदन राज पन्त बताउनुहुन्छ ।

काम गरेर  बर्षभरीको कमाएको रकम लिएर आफ्ना परिवार,बालवालिका एवं आफन्तसंग रमाएर चाडपर्वका लागी घर फर्कदा अत्यन्तै उत्साहित भएको उनीहरु बताउछन।

तर यसरी उत्साहकासाथ घर फर्कनेहरु सिमा क्षेत्रमा भाग्नुपरेको हैरानीले भने दुखित छन ।नेपालीहरुलाई  नेपालीले नै सिमाक्षेत्रमा नसालु पदार्थ खुवाएर लुटपाट गर्ने, चेकजाचको नाममा भारतिय तथा नेपाली सुरक्षाकर्मिले पैसा असुल्ने र विनाहक दःख दिने गरेको गुनासो उनीहरुको छ ।

हुनत भारतिय सिमामा वर्षैनी नेपालीहरु लुटिने विषयमा उच्व सुरक्षाअधिकारी र दुवै देशका प्रशासन विच पटक पटक छलफल हुने गरेपनी लुटपाटका घटनामा कुनै कमि आएको छैन ।

चाडवाडका बेला भारतवाट आउने यात्रुलाई सुरक्षित तवरले सिमाक्षेत्रमा आवागमनको सुविधा दिने दुवै देशका प्रशासन विच सहमती भएपनी कुनै पक्ष वाट पनी अनुगमन तथा कार्यान्वयन नभएको र झन दुवै पक्षका सुरक्षाकर्मि तथा यातायात व्यवसासय वाट मनपरि ढंगले रकम असुली हुनेगरेको समाज सेवि तथा  व्यवसायि टेक भारती बताउनुहुन्छ ।

भारतिय तांङगा, ट्यामपु, अटो रिक्साहरुले समेत मनपरीभाडा अशुल गर्ने र यात्रुहरुलाई दुख दिएको गुनासो बारम्वार आएपछि सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको र यातायात व्यवसायिबाट तोकेकोभाडा भन्दा बढि लिएको पाईएमा जुनसुकै अवस्थामा पनी कार्वाही गरीने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कुवेर कडायत वताउनुहुन्छ ।

चाडपर्वका बेला भारत बाट रोजगारी गरी घर फर्कने नेपालीहरुलाई पर्ने समस्याको पहिचान र त्यसको समाधानगरी सिमा क्षेत्रमा आवतजावत लाई सहज वनाउनतर्फ नेपाल तर्फको प्रशासनको अविलम्व ध्यानजानु जरुरी देखिन्छ ।

Comments