• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपतिकाे सुझाव
प्रकाशित मिति: आइतबार, आश्विन २१, २०७५

२१ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई सुझाव दिनुभएको छ ।

आईतबार काठमाडौमा वातावरण सम्मेलन २०७५ को उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले जलवायू परिवर्तनका कारण हिमालहरू पग्लदाँ नेपालको पर्यटनमा ठूलो असर गरेको बताउँदै निराकरणका उपायहरू खोज्न विज्ञहरूलाई सुझाव दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले हिमताल पग्लिएर बाढी लगायतका समस्या देखा परेकाले यो सबैको साझा विषय भएकाले बेलैमा सबैले सजग हुनुपर्नेमा समेत जोड दिनुभयो । त्यस्तै उहाले अत्याधिक प्रयोग र जनसंख्या वृद्धिसँगै बढेको प्रदूषणले समस्या निम्तिएकाले अब लेखाजोखा गर्ने बेला आएको धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले प्रदूषण शुल्कको रकमको सदुपयोग गर्दै जलवायू परिवर्तनको न्युनिकरणका लागी अनुसन्धान गर्न जोड दिनुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नतले जलवायु परिवर्तनका कारण मानव जातिमा परेको असर बारे समाधानका उपायहरू खोज्ने बेला आइसकेको बताउनुभयो ।

वातावरण बिभागले आयोजना गरेको सम्मेलनमा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधी र बिज्ञहरु सहभागी छन् । 

Comments