• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
स्वास्थ्य
क्यान्सर अस्पताललाई सरकारले सहयोग बढाउनुपर्छ : सभामुख महरा
आनन्द पोखरेल प्रकाशित मिति: बुधबार, आश्विन १०, २०७५

चितवन, १० असोज । सभामुख कृष्णबहादुर महराले चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पताललाई सरकारले आर्थिक र प्राविधिक सुविधा बढाउनुपर्ने बताउनुभएको छ ।

भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १९ वार्षिकोत्सव तथा १४औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको उद्घाटन गर्दै सभामुख महराले यस अस्पतालले केन्द्रीय अस्पतालको भूमिका निर्वाह गरिहेका कारण सरकारले सहयोग वृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

क्यान्सरको उपचार महंगो भएको उल्लेख गर्दै महराले बिरामीहरुलाई समेत राहत हुने गरि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । 

नेपालमा नै क्यान्सर रोगको उपचार गराउने उद्देश्यले चीन सरकारको सहयोगमा १९ वर्ष अगाडि भरतपुरमा क्यान्सर अस्पताल स्थापना गरिएको थियो ।

भरतपुरको क्यान्सर अस्पताललाई एसियाको १ नम्बरको क्यान्सर अस्पताल बनाउनुपर्ने उल्लेख गर्दै काँग्रेस महामन्त्री डाक्टर सशांक कोइरालाले यसको लागि सहयोग गर्न नेपाली काग्रेस सधैँ तयार रहेको बताउनुभयो । 

 नेपालमा पत्ता लागेको क्यान्सर रोगी मध्ये वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले करिब ६० प्रतिशत बिरामीलाई सेवा पुर्याउँदै आएको छ ।

क्यान्सरका बिरामीले चाँडो उपचार पाउन् भन्नका लागि अस्पतालले मेडुलर अप्रेसन कक्ष र केमु क्याविनेट थप गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर विजयचन्द्र आचार्यले बताउनुभयो । 

Comments