• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
तेह्रथुममा शुन्य असुरक्षित गर्भपतन अभियान
प्रकाश धौलाकोटी प्रकाशित मिति: बुधबार, आश्विन १०, २०७५

तेह्रथुम, १० असोज । तेह्रथुम जिल्लामा २०७७ सालभित्र असुरक्षित गर्भपतनको संख्यालाई शुन्यमा पुर्याउने अभियान सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न दातृ संस्थाहरुसँगको सहकार्यमा असुरक्षित गर्भपतनलाई शुन्यमा पुर्याउने अभियान थालेको हो ।

अभियान सफल बनाउन हाल रणनीतिक योजना निर्माणको काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले बताउनुभयो ।

जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र महिला अधिकारकर्मीहरुले दुई वर्षभित्र असुरक्षित गर्भपतनको समस्याबाट मुक्त जिल्लाको रुपमा चिनाउन तथा मातृ मृत्युदर कम गर्न प्रतिवद्धता जनाइसकेका छन् ।

यही वर्षबाट जिल्ला अस्पताल सहित अन्य १४ वटा स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन गराउने सेवा सुरु भएको छ । आइपास नेपालकै सहयोगमा जिल्लामा गतवर्षबाट यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुदृढिकरण परियोजना समेत सन्चालन भइरहेको छ । 

पहिलो वर्ष बसन्तपुर, सोल्मा, आम्बुङ र मोराहाङ गाउँमामात्रै सन्चालन भएको परियोजना यो वर्ष भने जिल्लाका सबै गाउँपालिका र नगरपालिकाहरुमा लागू भएको आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारीले बताउनुभयो ।

सेवा सुरु भएका १४ वटा स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०७४÷०७५ मा ३ सय २२ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् भने अन्य २१ जना महिलाको असुरक्षित गर्भपतनपछि जटिलता व्यवस्थापन भएको छ । 
 

Comments