• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
दमकका ब्यवसायी पौड्यालको हत्यामा प्रयोग भएको हतियार फेला ,अनुसन्धानका लागि गतिलो प्रमाण
प्रकाशित मिति: शुक्रबार, भाद्र २९, २०७५

दमक २९ भाद्र । झापाको दमकका ब्यवसायी खेमराज पौड्यालको अपहरणपछि हत्यामा प्रयोग भएको हतियार अर्थात चक्कु घटनाको ३ दिनपछि प्रहरीले फेला परेको छ ।

इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक टेकेन्द्र पौड्यालका अनुसार हत्या भएका पौड्यालको शव भेटिएको नालीमा नै चक्कु फेला परेको हो । चक्कुको माथिल्लो भाग बाँगिएको अवस्थामा भेटिएको उनले बताए ।

ढाँडमा हान्दा हड्डीमा परेर बाँगिएको हुनसक्ने प्रहरी श्रोतले बताए । पौड्यालको शरिर भरी चक्कुले हानेका घाँउहरु रहेका थिए । बिगत दुइदिनदेखि आफुहरुले हतियार खोजिरहेकोमा बिहिबार अपरान्ह ४ बजेतिर चक्कु फेला परेको जनाईएको छ ।

यो घटना अनुसन्धानका लागि एउटा गतिलो प्रमाण भएको प्रहरी बताउँछ । नालाको पानी सुकाएर प्रहरीले घटनास्थल आसपासमा चक्कु खोजेको थियो । प्रहरी निरिक्षक पौडेलका अनुसार घटनाको बिषयमा गम्भिर अनुसन्धान भइरहेको छ ।

हत्याको अभियोगमा पक्राउ परेका सद्धाम हुसेनले आफुले त्यो चक्कु पहिला नै राखेको बयान दिएको प्रहरी श्रोतले बतायो । उनले हत्यापछि चक्क कता फ्याकेको थाहा नभएको पनि बयान दिएका थिए ।

अभियुक्त हुसेनले त्यो दिन आफुले लागुऔषध खाएको र लठ्ठिएकाले आफुले गरेको गतिबिधिबारे धेरै थाहा नभएको पनि बताएको अनुसन्धानमा संलग्न प्रहरी श्रोतले बताएको छ । लठ्ठिएको मानिस एक्लैले हत्याको योजना सहित हत्या कसरी गर्याे ?

यो अहिले सबैतिर चर्चाको बिषय बनिरहेको छ । यसैबिच व्यवसायी पौडेलको हत्याको बिरोधमा गौरिगञ्ज बजार हिजो एक दिन बन्द गरिएको छ भने दमकमा उद्योग वाणिज्य संघले मौन र्याली निकालेको थियो । 

Comments