• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गर्दै आज देशभर मनाइदै
प्रकाशित मिति: शुक्रबार, भाद्र २९, २०७५

भाद्र २९ । राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गर्दै आज देशभर मनाइदैछ ।२०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस राजनीतिक परिर्वतनसँगै २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरिएको हो ।

नेपालमा बालदिवस रत्नराज्य लक्ष्मीदेवी शाहले शुरुवात गरेकी हुन् । भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेपछि रत्नराज्य लक्ष्मीदेवीले विक्रम सम्वत २०२१ साल भाद्र ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिन पारेर बालदिवस मनाउन शुरु भएको थि यो ।

अहिले भाद्र २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको छ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गर्दै छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर बिभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।

यस्तै दिवसको अवसरमा दमकका गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । दमक जेसीजले दमक ८ मा रहेको जनाता आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई बिभिन्न शैशिक्षक सामाग्री बितरण गरेको हो  द्यमक जेसीजले कपी, पेन्सील, इरेजर, स्कुल ब्याग, केहि खाद्यन्न सामाग्री सहित करिव ४० हजार बराबरका शैशिक्षक सामाग्री बितरण गरेको हो ।

बिद्यालयमा यस प्रकारका कार्यक्रमले बिद्यार्थीको मनोवलमा बृद्धि गर्नुका साथै बिद्यालयको पारिदर्शिता समेत हुने बिस्वास नगरपालिकाका शिक्षा शासा प्रमुख शालिग्राम काफ्लेले गर्नु भएको छ ।

कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्षले बिद्यालयलाई आवश्यक पर्ने पंखा दिने समेत घोषणा गर्नु भएको कार्यक्रकमा संयोजक सहदेभ भट्टराईले जानकारी दिनु भयो ।

Comments