• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
भिमदत्तनगरका महिलाले तिजका दिन लगाए कालो पहिरन
डिल्लीराज पन्त प्रकाशित मिति: बुधबार, भाद्र २७, २०७५

भाद्र २७ कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डपछि शोकमा रहेको कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विरोध स्वरुप ‘कालो तीज’ मनाइएको छ ।

प्राय गरी तीजका बेला महिलाले रातो सारी र गरगहना लगाएर रमझम गर्दै तीज मनाउने भएपनि गत साउन १० गते भिमदत्तनगर २ उल्टाखामकी १३ वर्षय वालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न सरकारले ढिलासुस्ती गरिरहेको विरोधमा स्थानीय महिलाले कालो पहिरन लगाएका हुन । 

सदरमुकाम महेन्द्रनगर बजारको मुख्य मदनचोकमा भेला भएका महिलाले निर्मला पन्तका हत्यारालाई कारवाही गर्न सरकारलाई खबरदारी गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील महिला र सर्वसाधारणहरू चोकमा भेला भई सरकारलाई दवाद दिन धर्नामा समेत वसेका छन ।

आफुहरु कुनै खुसी र मिडियामा आउन यो कार्यक्राको आयोजना नगरएिको भन्दै करिव २ महिनाको अवधि वितिसक्दा समेत वास्तविक हत्यारा पत्ता लगाउन नसकेको सरकारको विरेधमा चेलिहरुको महान चाड नमनाई विरोध गरेको वताएका छन ।
 

यसअघि, महेन्द्रनगरमा स्थानीय पर्व गौरालाई पनि विरोधकै रुपमा मनाइएको थियो । देवि देवताका गाथा र पौराणिक कथामा आधारीत प्रसङ्ग उल्लेख गर्दै गाईने देउडा मा समेत  निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै सरकार र प्रहरी प्रशासनको विरोध गरिएको थियो ।
 

निर्मला पन्तको बलात्कार र हत्यापछि भएको आन्दोलन तथा सरकारले हत्यारा सार्वजनिक गर्न ढिलासुस्ती गर्दा महेन्द्रनगर अशान्ति, आक्रोशित र शोकमा छ ।

Comments