• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
हरितालिका (तीज) भगवान शिवको पूजा आराधना र ब्रत बसी मनाइँदै
प्रकाशित मिति: बुधबार, भाद्र २७, २०७५

भाद्र २७ ।  हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) भगवान शिवको पूजा आराधना र ब्रत बसी  आज मनाइँदै छ । 

सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गर्न विभिन्न शिवालयमा पुगेका छन् ।

काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा लामबद्ध भई महिलाहरुले पूजा आराधना गरिरहेका छन् ।

भगवानको आराधनासहित तीजका दिन महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरेको उपवास व्रतलाई हरितालिका तीज भनिएको मान्यता हिन्दू धर्मले राखेको छ ।

हिमालयकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका तीजको व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।

हरितालिका (तीज)का अबसरमा काठमाडैंको पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।  दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।

मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ ।

Comments