• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
निर्मला पन्तकाे परिवारले अहिलेसम्म न्याय नपाउनु सुरक्षा निकायकै कमजाेरी : शुशीला कार्की
प्रकाशित मिति: मंगलबार, भाद्र २६, २०७५

दमक २६ भाद्र । पूर्व प्रधानन्यायाधिश शुशिला कार्कीले नेपालको न्यायालय अझै पनि आम नागरिकको पहुँच भन्दा बाहिर रहेको बताउनु भएको छ । 

यूथ नेटवर्क दमकले झापाको दमकमा आज आयोजना गरेको बैशी टुडुवको पाँचौ श्रृखला अन्र्तगत न्यायमा आम नागरिकको पहुँच विषयक अन्र्तक्रियामा वहाले यस्तो बताउनुभएको हो । कार्कीले न्यायलय अहिले पनि सिमित व्यक्तिहरुको पहुँचमा मात्र रहेको बताउनुभयो ।

न्यायलयले प्रदान गर्ने सेवा सुविधाहरुमा आमुल परिर्वतनको खाँचो रहेको वहाको भनाइ छ । कार्कीले आम नागरिकहरु अहिले पनि न्याय प्राप्तिका विषयमा ज्ञान नहुँदा सिमित संख्यामा रहेको र भूमाफिया र दलालहरुको चंगोलबाट नेपालको न्यायलय बाहिर आउन नसकेको बताउनु भयो ।

कार्कीले कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी निर्मला पन्तको परिवाले अहिलेसम्म न्याय नपाएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ । अहिले सम्म पनि पन्त परिवाले न्याय नपाएउँदा प्रहरीलाई प्रश्न गर्ने बेला आएको कार्कीले बताउनु भयो । समाजमा हत्या, बलत्कार जस्ता घटनाले बढुवा पाँउदै गएकोले यसमा समाजलाई समेत प्रश्न गर्नु पर्ने वहाको तर्क थियो । 

वहाले न्यायलयलाई कसैले पनि आफ्नो अनुकुलमा प्रेरित गर्न नहुने भएपनि अझैपनि यो क्षेत्रमा सामाजिक बिकृती कायमै रहेको आरोप समेत लगाउनु भयो । संगिन अपराध बाहेकका न्यायको सत्य निरुपण पहिलो चरण सामाजिक छलफल र आपसी मेलमिलापबाट टुंग्याउन सके यसले सामाजिक सद्भावलाई समेत कायम राख्ने बताउनु भयो । न्याय सम्पादन सरल र सर्भसुलभ हुन नसक्दा जनताले दुःख पाउने गरेको वहाको भनाई छ ।

Comments