• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
मोफसल समाचार
झापा प्रहरीले सुरक्षा अभिमुखीकरण अभियान सुभारम्भ गर्ने
प्रकाशित मिति: बुधबार, भाद्र २०, २०७५

दमक २० भाद्र । पछिल्लो समय झापामा बढ्दै गएको सुरक्षा चुनौतीलाई निस्तेज पार्ने उदेश्यले झापा प्रहरीले बिभिन्न अभियानलाई तिब्र रुपमा अघि बढाईरहेको छ ।

यहि क्रमलाई निरन्तरता दिने उदेश्यका साथ झापाको माईपश्चिम क्षेत्रमा भोलि झापा जिल्लामा सुरक्षा सुदृढीकरणका लागि प्रारम्भिक सुरक्षा अभिमुखीकरण अभियान सुभारम्भ गर्ने कार्यक्रम तय भएको झापा प्रहरीले जनाएको छ ।

माई पश्चिम क्षेत्रका लागि भोलि बिहान ९ बजे सो अभियानको उद्धघाटन गरिने बताईएको छ । झापाका प्रहरी प्रमुख भिम ढकालले सो अभियानको ईलाका प्रहरी कार्यालय दमकको परिसरमा भोली सुभारम्भ गर्नुहुने दमक प्रहरीले जानकारी दिएको छ ।

Comments