• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
अन्तर्राष्ट्रिय
अफगानिस्तान सरकारद्धारा एकतर्फी युद्धविरामको घोषणा
प्रकाशित मिति: सोमबार, भाद्र ४, २०७५

अफगानिस्तान सरकारले तीन महिनाका लागि एकतर्फी युद्धविरामको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानीले मुस्लिमहरुको महान पर्व इद उल जुहा नजिकिएपछि केही समयका लागि युद्धविरामको घोषणा गरिएको बताएका छन् ।

एकतर्फी युद्धविरामको घोषणा गर्दै राष्ट्रपति घानीले तालीवानी बिद्रोहीले पनि युद्धविरामको सम्मान गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । राष्ट्रपतिको यो घोषणाप्रति तालीवानी बिद्रोहीले भने कुनै प्रतिक्रिया दिएको छैन । यद्यपी इदकै अवसरका आफ्नो कब्जामा रहेका केही बन्दीले भने रिहा गर्ने तालिवानले स्पष्ट पारेको छ ।

अफगानी राष्ट्रपतिको यो कदमको विश्वजगतले स्वागत गरेको छ । अमेरिकी गठबन्धन सेना नेटोका महासचिव ऐस स्टोलटेनवर्गले राष्ट्रपति घानीको कदमको स्वागत गर्दै तालिवान बिद्रोहीलाई युद्धबिरामको सम्मान गर्न अपील गरेका छन् ।

यस्तै अमेरिकी बिदेशमन्त्री माइक पोम्पियोले युद्धबिरामको स्वागत गर्दै यही समयमा दुबै पक्षबाट शान्ति स्थापनाका लागि पहल गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । अफगानिस्तानमा गत जुन महिनामा इद उल फित्रको समयमा पनि तीन दिनसम्म युद्धबिरामको घोषणा गरिएको थियो । 

Comments