• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
मोफसल समाचार
झापाको गौरादह नगरपालिकामा बम विस्फोट
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५

गाैरादह २९ साउन । झापाको गौरादह नगरपालिका वार्ड नम्बर ७ को कार्यालमा आज विहान विस्फोट भएको छ ।आज विहान करिब पौने ७ बजेको समयमा विष्फोट भएको हो ।

विष्फोटबाट झ्यालको सिसा फुटेर समान्य क्षती भएको छ भने टाढा टाढा सम्म विष्फोटको ठुलो आवाज सुनिएको स्थानीयले बताएका छन् । बिष्फोटको घटनापछि सो स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको थियो ।

बिष्फोटको ठुलो आवाज आएपछि सो स्थान आसपासमा केहिबेर त्रास फैलिएको थियो । हरियो झोलाभित्र पोको पारेर बिष्फोटक पदार्थ वडा कार्यालय परिसरमा फालेको पाईएको छ । सो वडा कार्यालयको भवनमा स्वास्थ्य चौकी र हुलाकको समेत कार्यालय रहेको छ ।

अहिले सो स्थानको अवस्था सामान्य भएको गौरादह नगरपालिका ७ नम्बर वडाका अध्यक्ष बलराम खरेलले जानकारी दिनुभएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जले जनाएको छ ।

Comments