• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
मोफसल समाचार
झापाको अर्जुनधारा स्थित अदुवा खोलामा पक्कि बाँध निर्माण
प्रकाशित मिति: आइतबार, साउन २७, २०७५

अर्जुनधारा २७ ‍साउन । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ खरवन्दि स्थित अदुवा खोलामा पक्कि बाँध निर्माण भएको छ ।

अर्जुनधारा नगरपालिकाको २५ लाख, १ नम्बर प्रदेश सरकारको ३ लाख र स्थानिय जन सहभागिताबाट ४ लाख ६१ हजार ९ सय ७ रुपैयाँ गरी कुल ३२ लाख ६१ हजार ९ सय ७ रुपैयाँ ३३ पैसामा वाँध निर्माण गरिएको अर्जुनधारा ९ का वडा अध्यक्ष पुष्प प्रसाइले जानकारी दिनु्भयो । वर्षेनि अदुवा खोलाको वाढिले प्रताडित स्थानियबासीलाई केहि राहत पुगेको छ ।

सो स्थानमा बाँध नहुदा बर्षेनि आउने वाढिले बिर्तामोडको वसपार्क क्षेत्र समेत डुवानमा पर्ने गरेको थियो । प्रत्यक्ष विर्तामोड नगरपालिका लाई समेत असर गर्दैआएको समस्या न्युनिकरणमा विर्तामोड नगरपालिकाले भने चासो नदेखाएको अर्जुनधाराबासीको गुनासो रहेको छ ।

सो स्थानमा बाँकी रहेको ५० मिटर क्षेत्रमा पनि बाँध वाँध्न सके विर्तामोड नगरपालिका डुवानमा पर्ने समस्यापनि टरेर जाने देखिएको छ । 

Comments