• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
बिजनेस
झापाको दमकमा अत्याधुनिक फन पार्क निर्माण हुने (भिडीयाे सहित )
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५

दमक २३ साउन । झापाको दमकमा अत्याधुनिक फन पार्क निर्माण हुने भएको छ । हाम्रो दमक फन पार्क एण्ड एग्रो टुरिजम प्रालि नाम दिएको फन पार्क आगामी ९ महिनामा निर्माण सम्पन्न  गर्ने गरि आज सिलान्यास गरिएको हो ।

दमकको गणतन्त्र चोकबाट  बेलडाँगी जाने बाटो हुँदै करिव ३ किलोमिटर उत्तर लागेपछी पुगीन्छ दमकको फन पार्क निर्माणाधिन स्थल । दमकमा आन्तरीक तथा बाह्य पर्यटकका लागी कुनै उपयुक्त स्थल नभएकोले दमकमा फन पार्क निर्माण गर्न लागिएको निर्माण समुहका एक सदस्य प्रकाश प्रसाईले बताउनु भयो ।

दमकका बिभिन्न ९ जना व्यवसायीको समुहले १० करोड लगानीमा ७ विगाहक्षेत्रफलमा निर्माण गर्न लागेको  फन पार्क अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने निर्माण समुहले जनाएको छ ।

फन पार्क निर्माणको ठेक्का पाएको सानो संसार हाउजिङ कम्पनीका इन्जीनियर अनुज पराजुलीका अनुसार फन पार्क निर्माण अन्तराष्ट्रि स्तरका उपकारण  प्रयोग गरेर भएकाले नेपालकै नमुना फन पार्क निर्माण ह्ुने बताउनु भयो ।

फन पार्कमा मनोरञ्जनका बिभिन्न साधनहरु राखीने निर्माण समुहले जनाएको छ । फन पार्कको निर्माणमा प्रकाश प्रसाई, रेगीना प्रसाई, योगराज दंगाल, राजन दंगाल, पुष्प खनाल, गोपाल बस्नेत, किसोर खनाल, बिप्लव दंगाल टोबिन्द्र केसीको लगानी रहेको छ ।

Comments