• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
बिजनेस
नेपाली भूमिमा सडक निर्माण गर्दै भारत , नेपाली प्रसाशन लाई समेत छैन जानकारी
डिल्लीराज पन्त प्रकाशित मिति: सोमबार, साउन २१, २०७५

कञ्चनपुर,२१ साउन ।  भारतीय पक्षले फेरी नेपाली भूमिमा सडक निर्माण गर्न लागेको छ । ७ नम्बर प्रदेश कञ्चनपुरको उत्तरी क्षेत्रमा नेपाली भूमिमा भारतीय पक्षले एकलौटी ढङगबाट सडक निर्माण गर्न लागेको हो । 
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेब बजारमै पुग्ने गरि भारतीय पक्षले सडक विस्तार गर्न लागेपछि स्थानीयले त्यसको बिरोध गरेका छन् ।

नेपाली प्रशासनलाई समेत कुनै प्रकारको जानकारी नदिई  भारतीय पक्षले आफ्नै भूमि भएको दावि गर्दैै टनकपुर ब्यारेजदेखि ब्रम्हदेब बजारसम्म झण्डै १ किलोमिटर भन्दा वढि सडक विस्तार गर्न लागेको स्थानीयले बताएका छन् । भारतीय पक्षले आफ्नै भूमि भएको दावि गरेपनि ३ नम्बर पिलर वारी नेपालकै भूमि भएको दावि गरेका छन् ।

टनकपुर बाँध निर्माणकै बेला सीमा नम्बर ३ पिलर हराएको थियो । सोही समयम देखि उक्त भूमि विवादित बन्दै आएको नेपाली पक्षको भनाई छ । 

१ साता अघि देखि भारतीय पक्षले जेसिवी लगाएर साँघुरो सडक फराकिलो गर्न लागेको छ । भारतले टनकपुर बाँधको पुर्वतिरभागको फेदमै सडक फराकिलो गर्न लागेको छ ।

स्थानीयले सडक बनाउने निउमा थप नेपालीभूमी हडप्नका लागि नेपाली ब्रम्हदेब बजारको पश्चिमतिरको भाग छेउसम्मै सडक ल्याउन लागेको भन्दै स्थानियले विरोध समेत गर्दे आएका छन 

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतीय पक्षले एकलौटी ढङले नेपाली भूमिमा सडक विस्तार गरेको बताए । उनका अनुसार सीमा पिल्लर नम्बर ३ देखि यता नेपाली भूमि भएपनि भारतीय पक्षले उक्त विवादित भूमि मा सडक विस्तार गरेको छ ।

‘कालोपत्रे गर्नका लागि भारतीय पक्षले यसरी एकलौटी ढङगबाट काम गरिरहेको र  उक्त सडकको आफुले स्थलगत अनुगमन गरेको बताउदै वडाध्यक्ष नाथले नेपाली पक्षको सहमतीबिनै एकलौटी ढङगबाट भारतीय पक्षबाट भईरहेको संरचना निर्माण रोक्न समेत माग गरेको वताउनु भयो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सडक विस्तारका लागि नेपाली पक्षसंग कुनै सहमती नभएको बताउदै सीमा सुरक्षा बल मार्फत भारतीय पक्षलाई संयुक्त सीमा सर्वे टोली अनाउन्जेलसम्म काम रोक्न पत्राचार गरेको र भारतीय पक्षलाई काम रोक्न पत्रचार गरेपछि सडक निर्माणको काम अहिले रोकीएको वताउनु हुन्छ । 

। अन्तराष्ट्रिय कानुनमा समेत दुई देशको सहमती विना सिमा क्षेत्रमा कुनै प्रकारको भौतिक संरचना र सडक निर्माण गर्न पाईदैन । तर नेपाली भूमि हडप्नका लागि भारतीय पक्षले एकलौटी र हेपाहा प्रवृती शैलीमा पटक पटक विवादित बन्ने गरेको छ । यस्ता कार्य रोक्न दुवै देश विच कुटनितिक पहल हुनु जरुरी छ ।

Comments