• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी नेताहरु समक्ष वार्ताको प्रस्ताव
प्रकाशित मिति: मंगलबार, साउन १५, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष वार्ताको प्रस्ताव गरेका छन् ।  ट्रम्पले विना शर्त जुनसुकै बेला छलफल गर्न तयार रहेको भन्दै वार्ताको आह्वान गरेका हुन् । जुलाईको शुरु तिर अमेरिका र इरानको सम्बन्धमा एकाएक चिसोपना आएको थियो । ट्रम्पले चेतावनी दिएपछि इरानी राष्ट्रपति हसन रुहानीले त्यसको कडा प्रतिरोध गरेका थिए । सम्बन्ध चिसिएपछि अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो ।

सन् २०१५ मा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधकै बीच उसले केही दिनभित्र तेहरानमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ । इरानका गतिविधिलाई लिएर सशंकित हुँदै आएका ट्रम्पबाट एकाएक आएको वार्ताको प्रस्तावलाई धेरैले अनपेक्षित परिघटनाका रुपमा विश्लेषण गरेका छन् । वार्ताका लागि ट्रम्पले गरेको आग्रह सकारात्मक भएको प्रतिक्रिया इरानले दिएको छ ।

तर उसले केही शर्तहरु राख्नसक्ने संकेत गरेको छ । ट्रम्पको प्रस्तावलगत्तै रुहानीका एक सल्लाहकारले ट्वीट गर्दै इरान राष्ट्रको अधिकारको सम्मानसँगै पारमाणविक सम्झौताबाट फर्केमा वार्ताको बाटो खुल्ने बताएका छन् । अमेरिका र इरानबीच ३९ वर्षदेखि शीर्ष तहमा छलफल हुन सकेको छैन । दुई देशबीच वार्ताको वातावरण बनेमा सन् १९७९ को इरानी क्रान्तिपछि पहिलोपटक भेटवार्ताको अवसर जुर्नेछ ।

Comments