• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
खेलकुद
विश्वकपको सेमिफाइनल खेल आजदेखि सुरु हुँदै, पहिलो खेल बेल्जियम र फ्रान्सबीच
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०७५

एजेन्सी । विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रुपमा पनि हेरिएको छ । गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ऐतिहासिक जित निकाल्ने लक्ष्यमा छ ।

आजको खेलमा फ्रान्सका ब्लेइसी मातु इदी एक खेलको प्रतिबन्ध पछि फर्किनेछन । क्वाटरफाइनमा उरुग्वे विरुद्ध राम्रो खेल्न नसकेका ओलिभर जिरुड पनि टिममा पर्ने पक्का जस्तै छ । यता बेल्जियमका लागि थोमर मुनियर दोहोरो पहेलो कार्डका कारण खेल गुमाउनेछन । जसका कारण बेल्जियमले डिफेन्सलाईनमा सफल गर्न सक्नेछ । प्रशिक्षक रोबेर्टाे मार्टिनेज ब्राजिलविरुद्ध जुन रणनिती अप्नाएका थिए त्यहि फरमेसनमा उत्रने सम्भावना बढी छ ।

ब्राजिलविरुद्ध उनले तीन चार दुई एकको फरमेसनलाई प्रयोग गरेका थिए । फ्रान्सका डिफेन्डर राफेल भारानले बेल्जियम टिम यृुवामात्र होइन प्रति खेल परिपक्व भएर अगाडि बढेको छ । त्यसैले गर्दा फ्रान्सले होसियार भएर खेल्नुपर्ने बताए । साथै उनले रोमेलु लुकाकु र इडेन हाजार्डलाई विशेष मार्क गरेर खेल्नु पर्ने उनको विचार छ ।

यता बेल्जियमका मिड फिल्डर केभिन डी ब्रुयनाले सेमिफाइनल जस्तो ठाउमा पुगेपछि पक्कै पनि टिमको मानसिकता कमजोर नभएको बताए । फ्रान्स विरुद्ध बेल्जियम मानसिक, शारिरीक रुपमा तयार भएको उनको भनाई छ ।

फ्रान्स र बेल्जियम अहिलेसम्म ७४ पटक एकअर्काविरुद्ध मैदानमा उत्रिएका छन । फ्रान्सले अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरैपटक खेलेको टिम नै बेल्जियम हो । तर विश्वकपमा भने यी दुई टिम मात्र दुई पटक खेलेका छन ।

जसमा दुबैपटक फ्रान्स विजयी भएको छ । सन् १९८४ को युरोपियन च्याम्पियनसिपमा फ्रान्सले बेज्लियमलाई पाच शुन्यले हराएको थियो । अहिलेसम्मका खेलमा बेल्जीयम ३० पटक जितेको छ भने २४ पटक फ्रान्स विजयी भएको छ ।

Comments