• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
स्वास्थ्य
नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५

बिराटनगर । बाल्यावस्थामै धेरैवटा रोगले सताएपछि छोराको उपचार गर्न आर्थिक अभाबमा रहेकी पाँचथर फिदिमकी डिकमाँया तामाङले यो समस्याबाट अहिले छुटकारा पाएकी छन् । 
बिपन्न बिरामीलाई उपचारमा सघाउँदै आएको बिराटनगरको नोबेल शिक्षण अस्पतालले १८ महिनाका छोरा सनिस तामाङको निःशुल्क उपचार गरिदिएपछि तामाङ परिवारको यो समस्या समाधान भएको हो । क्षयरोग, निमोनिया र फोक्सोमा पानी जमेको समस्याले सनिस बाल्यवस्थामै थलिएका थिए ।

दैनिक ज्यालादारी गरेर जिबिका गर्दै आएको डिकमाँयाको परिवारले छोराको उपचारका लागि धेरैवटा अस्पताल धाएपनि समस्या समाधान नहुदा निरास थिए ।

तर, नोबेल अस्पतालबाट बालकले निशुःल्क स्वास्थ्य लाभ गरेपछि तामाङ परिवारलाई राहत मिलेको छ । आर्थिक अभाबका कारण बच्चाको उपचार गर्न नसकेको जानकारी पाएपछि निशुःल्क उपचार गरिदिएको नोबेल अस्पताल सञ्चालक डा। सुनिल शर्माले बताउनु भयो । 
 

Comments